Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

रुकुम पश्चिम : वाम लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

भूमिहीनलाई भूमि र घरबारविहीनको घरबास व्यवस्था गराउने
२०७९ कात्तिक १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महेन्द्र केसी र क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’ भन्ने मूल नारा सहितको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा जनादेशलाई नै जिम्मेवारी ठानिने उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्माले आगामी पाँच वर्षका लागि जनादेश प्राप्त हुने आसन्न निर्वाचन स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वभिमानका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले स्वतन्त्र न्यायपालिका, नागरिक र मौलिक अधिकार, लोकतन्त्र, समानुपातिक समावेशिता, पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य र विधिको शासनलाई प्राथमिकतामा राखिएको जनाउनुभयो । शर्माले सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण, उच्च आर्थिक विकास, उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण र भ्रष्टाचारको छानबिन एवम् कारबाहीका लागि अग्रसरता लिन प्रतिबद्ध भएको बताउनुभयो ।

घोषणापत्रमा भूमिहीनहरूलाई भूमि उपलब्ध गराउने, श्रम–संस्कृतिलाई प्रोत्साहन तथा सम्मान गर्ने जनाईएको छ । सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमार्फत सुसंस्कृत र समृद्ध समाज निर्माणमा भूमिका निभाउने कुरा घोषणपत्रमा उल्लेख गरिएको छ ।

परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषिमा क्रान्ति गर्ने, किसानलाई प्रोत्साहन–पेन्सनसहितको व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । यसका साथै घरबारविहीनको घरबास व्यवस्था, स्वास्थ्य सेवा र जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रममार्फत गरिबी न्यूनीकरण गर्ने प्रतिबद्धता जनाईएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनले वैचारिक विविधताको एकता, जनचाहनालाई प्रतिनिधित्व गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

अपिल तथा प्रतिवद्धता पत्रको पूर्ण पाठ : 

‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’
वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट
रुकुम (पश्चिम) का उम्मेदवारको
अपिल तथा प्रतिवद्धता
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार !

समाजवादउन्मुख समावेशी लोकतन्त्रका रूपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियाअन्तर्गत आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र हुन लागेको यो आम निर्वाचन औपचारिकता मात्र होइन, यसको प्रगतिशील जनादेशले संविधानको रक्षा, स्थिरता र समृद्धितर्फको यात्राको नयाँ र बलियो आधार पनि दिनेछ । कार्यसूची, राजनीतिक परिस्थिति र जनचाहना सम्बोधनको दृष्टिले आसन्न निर्वाचनमार्फत बन्ने प्रतिनिधिसभा एवं प्रदेश सभाहरू निकै नै महत्वपूर्ण छन् ।

निर्वाचनको महत्वपूर्ण एवं ऐतिहासिक अवसरमा म नेपाल सरकारको अर्थमन्त्री, वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रको तर्फबाट र प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमको गठबन्धनको साझा उम्मेदवारको हैसियतमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका विभिन्न पेसा, व्यवसायमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरू र सम्मानित ज्येष्ठ नागरिकहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछु । साथै, जनयुद्ध, ऐतिहासिक संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत परिवर्तनकारी आन्दोलनमा जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ताहरूप्रति उच्च सम्मान र घाइते योद्धाहरूको हार्दिक अभिनन्दन गर्दछु । त्याग, समर्पण र बलिदानको भव्यतम जगमा खडा भएको लोकतान्त्रिक व्यवस्थालाई राष्ट्र र जनहितमा सदुपयोग गर्दै नेपाली क्रान्तिलाई पूर्णता दिन अर्थात् सामाजिक न्यायसहितको आर्थिक समृद्धिको कार्यभार पूरा गर्न विगतमा जस्तै निःस्वार्थ भावले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता र संकल्प दोहो¥याउँछु ।

निर्वाचन लोकतन्त्रको आधार स्तम्भ र आत्मा मात्र होइन, जनताको सर्वोच्चता स्थापित गर्ने महत्ववपूर्ण माध्यम र अवसर पनि हो । त्यसैले निर्वाचनको यस महाअभियानमा सक्रिय भई उत्साहपूर्वक मतदानमा सहभागिता जनाउन आम जनसमदुायमा विशष्ो आगह्र गदर्छ ु। नपोली विशष्ोतामा आधारित समाजवादउन्मखु राज्य व्यवस्था निर्माणका लागि मतदाताले उच्च विवेक प्रयोग गर्ने सुन्दर अवसर आउँदै छ । साथै, स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित निर्वाचनमार्फत आम मतदाताले संविधानको रक्षा, स्थिरता र आर्थिक समृद्धिका पक्षमा आफ्नो जनमत मुखरित गर्नुहुने विश्वास लिएको छु ।

आगामी पाँच वर्षका लागि जनादेश प्राप्त हुने आसन्न निर्वाचन नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वभिमानका दृष्टिले धेरै नै महŒवपूर्ण छ । नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, सशस्त्र संघर्ष, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानको गौरवशाली इतिहास यस निर्वाचनमार्फत रक्षा गर्ने दायित्व छ । जनतामा निहित सार्वभौम सत्ता र संविधानको सर्वोच्चता थप मजबुत पार्नुपर्ने राजनीतिक परिस्थिति छ । राष्ट्रिय सुरक्षा नीति र नेपालको मौलिक विकास मोडालिटीसहितकै समाजवादका विषयमा राष्ट्रिय सहमति आजको आवश्यकता हो ।

राष्ट्रिय हित, सामाजिक–आर्थिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद मुलुकका आगामी कार्यभार हुन् । यसका लागि समुन्नत संघीय शासन प्रणालीका माध्यमबाट न्यायपूर्ण, विभेदरहित, सबल र समृद्ध नेपालको निर्माण गर्ने बलियो संकल्प चाहिएको छ । स्वतन्त्र न्यायपालिका, नागरिक र मौलिक अधिकार, लोकतन्त्र, समानुपातिक समावेशिता, पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य र विधिको शासन त प्राथमिकतामै छन् ।

आगामी दिनमा सबै मित्रराष्ट्रहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गरेर शान्ति, स्थिरता, आर्थिक रूपान्तरण र जनताको समृद्धिको दिशामा अगाडि बढ्ने भूमिका पूरा गर्नुपर्नेछ । संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त एवं राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने र परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति बनाएर जानुपर्ने आवश्यकता छ । समग्रमा भन्नुपर्दा हाम्रो सामुन्ने यतिबेला जनताको समृद्धिका लागि राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने कार्यभार छ । राष्ट्रिय हितप्रतिकूल रहेका सन्धि–सम्झौताहरूको पुनरावलोकन गर्नुपर्ने छ।

संविधानमै नेपाली विशेषताको समाजवादको परिभाषासहित आधारभूत विषयमा राष्ट्रिय सहमति गर्ने र कार्यान्वयन गरेर अघि बढ्नुपर्नेछ । सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च आर्थिक विकास प्राथमिक कार्यसूची छ । उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण र भ्रष्टाचारको छानबिन एवं कारबाहीका लागि अग्रसरताको खाँचो छ ।
अत्यधिक रूपमा विप्रेषणमा निर्भर अर्थतन्त्रलाई आगामी दिनमा हामीले उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्न औद्योगिकीकरणलाई उच्च प्राथमिकता दिने र कर चुहावट रोक्ने भूमिका पूरा गर्नुपर्नेछ । वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने तथा राष्ट्रिय हितमा जलस्रोतको द्विपक्षीय र बहुपक्षीय उपयोग गर्ने नीति प्रभावकारी कार्यान्वयन गर्ने दायित्व छ ।

नेपालको जलस्रोतलाई हरित हाइड्रोजन र हरित एमोनियामा बदल्ने र विश्व बजारमा हरित इन्धन निर्यातमार्फत व्यापार सन्तुलन कायम गरी समृद्ध अर्थतन्त्र निर्माण गर्नु छ । पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत–साधनको दोहन हुन नदिन तथा विकासका कार्यहरू अगाडि बढाउँदा पर्यावरणमैत्री, सन्तुलित, समावेशी, हरित विकास न्यायोचित ढंगले अगाडि बढाउन आवश्यक नीति र अग्रसरता जरुरी छ । जलवायु परिवर्तनका कारण मौसममा देखिएको परिवर्तनले समस्या भोग्नुपरिरहेको अवस्थामा तराई मधेसमा सबै नदीहरूमा हरित करिडोर, पहाडी भूभागमा सुरक्षित बसोबास, ग्रामीण अर्थतन्त्रको विकास र हिमालयहरूको संरक्षण गर्न अन्तर्राष्ट्रिय फोरमहरूमा नीतिगत हस्तक्षेप गरी जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्रहरूबाट क्षतिपूर्ति भराई नेपालको हक स्थापित गर्नु आवश्यक छ ।

संविधानप्रदत्त सामाजिक न्यायको हकको सुनिश्चितताका लागि समानुपातिक–समावेशिताको सिद्धान्तमा आधारित संरचना र विकासको नीति कार्यान्वयन गर्नुपर्ने हाम्रो दायित्व छ । संविधानको भावनाअनुसार भूमिहीनहरूलाई भूमि उपलब्ध गराउने तथा विकासको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम–संस्कृतिलाई प्रोत्साहन तथा सम्मान गर्ने नीति चाहिएको छ ।

लोककल्याणकारी राज्यको मान्यताअनुरूप सामाजिक सुरक्षाको दायरा विस्तार गर्न, महिला र दलितविरुद्धका सम्पूर्ण विभेदकारी कानुन, पितृसत्तात्मक परम्परागत मान्यता र व्यवहारको अन्त्य गरी लैंगिक समतामूलक समाज स्थापना गर्न अग्रसरता चाहिएको छ । युवाको अधिकार शिक्षा र रोजगारको अवधारणालाई व्यावहारिक रूप दिन र सबै समुदायको भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्न भूमिका खेल्नुपर्नेछ । जनताको पहलकदमीमा सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमार्फत सुसंस्कृत र समृद्ध समाज निर्माणमा भूमिका निभाउनुपर्ने छ ।

संघीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सबलीकरणमा जोड दिनुपर्नेछ । मजदुर, किसान, बौद्धिक पेसाकर्मीलगायत श्रमजीवी वर्गको श्रमको सम्मानका साथै रोजगारका लागि ठोस नीति निर्माण गरेर जानुपर्नेछ । शैक्षिक क्षेत्रमा लगानी वृद्धि, प्रविधि पूर्वाधारसहितको विकास, प्रविधि सञ्चालन योग्य जनशक्ति निर्माण, १२ कक्षासम्म पढ्दै स्वरोजगार हुने र हरेक विद्यार्थी दक्ष तथा सीपयुक्त बन्ने नीति कार्यान्वयन गर्नुपर्दछ । त्यस्तै, क्ष्त् क्ष्ललयखबतष्यल सेन्टरहरूको निर्माण आवश्यक छ ।

जल, जमिन, जंगल, जडीबटी र जनशक्तिजस्ता महत्वपूर्ण स्रोत–साधनहरूको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउन समन्यायिक वितरणमा आधारित आर्थिक एवं सामाजिक नीति अवलम्बन गर्ने समय आएको छ । रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण, सेवा निर्यात तथा पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने कार्यभार पूरा गर्नु छ ।

परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषिमा क्रान्ति चाहिएको छ । किसानलाई प्रोत्साहन–पेन्सनसहितको व्यवस्था गर्दै औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र सेवा निर्यात गर्न सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा नेपाललाई अल्पविकसित देशको समूहबाट माथि उठाई विकसित देशको स्तरमा पु¥याउने उद्देश्य हासिल गर्नुपर्ने दायित्व छ । घरबारविहीनको घरबास व्यवस्था, स्वास्थ्य सेवा र जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रममार्फत गरिबी न्यूनीकरण आवश्यक छ । कोभिडका कारण संकटग्रस्त क्षेत्रको उत्थानमा विशेष व्यवस्थाको खाँचो छ ।

नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्य केन्द्रका रूपमा विकसित गर्नुपर्नेछ । वन, वातावरण र नदी नियन्त्रणका कार्यक्रमलाई प्राथमिकता दिएर जनताको जीवनस्तरमा सुधार ल्याउनु छ । शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिकको संरक्षण एवम् सामाजिक सुरक्षाजस्ता आधारभूत आवश्यकता पूरा गर्न तथा गुणस्तरीय, रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्नेछ । स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न आधारभूत स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु¥याउने दायित्व छ ।

शान्ति सम्झौता तथा मधेस आन्दोलनलगायत विभिन्न पक्षसँग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन गरेर शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र सम्पन्न गर्ने बेला भएको छ । संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण र सामाजिक न्यायका एजेन्डाहरू राष्ट्रिय कार्यसूचीमा सूचीकृत भइसकेका छन् । जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि अग्रगामी शक्तिकै नेतृत्व चाहिएको छ । र, निर्वाचनमा सर्वसत्तावादी, अलोकतान्त्रिक र अधिनायकवादी प्रवृत्तिको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षाका लागि गठबन्धनलाई जनादेश प्राप्त हुने विश्वास छ ।

द्रूत गतिका यातायात, उत्पादन वृद्धि र निर्यातलाई टेवा पु¥याउने गरी गाउँ र सहरको दूरी घटाउने ठोस नीतिको खाँचो छ । खेलकुद, जलविद्युत, पर्यटन, मल उद्योग, यातायातलगायतका क्षेत्र एवं विश्वविद्यालय र इन्नोभेसन सेन्टरमा समेत निजी क्षेत्रको सहभागितामा ठूला र गुणस्तरीय पूर्वाधार निर्माण आवश्यक छ । सगरमाथा आधार क्षेत्र, मुक्तिनाथ र लिमी भ्यालीलाई नवीनतम प्रविधिमा आधारित द्रूत यातायात प्रणालीले जोडी पर्यटन पूर्वाधारको नयाँ आयाम स्थापित गर्नु छ । यसैको जगमा स्वाधीन र सार्वभौम राष्ट्र बनाउने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतिर जानु छ ।

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मात्र होइन, हाम्रो गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, राष्ट्र निर्माणका लागि एकीकरणदेखि गणतन्त्रसम्मको संघर्षपूर्ण विरासत जोगाउन तथा जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्न आपसी संवाद, सहमति र सहकार्यको उत्तिकै खाँचो छ । वाम–लोकतान्त्रिक गठबन्धनले सहमति र सहकार्यको राजनीतिक संस्कार तथा विकास गर्ने लक्ष्य राखेको छ । नयाँ संसद्ले संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति त दिने नै छ ।

एउटै कार्यकालमा दुई–दुईपटकसम्म संसद् विघटन र पुनस्र्थापना भएको निकट विगत छ । आसन्न निर्वाचनले त्यस्ता प्रवृत्ति रोक्नेछ र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप शक्ति सन्तुलन र नियन्त्रणसहितको संवैधानिक सर्वोच्चता कायम गर्नेछ । सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नेछ । संविधानको पूर्ण कार्यान्वयनका लागि कानुन निर्माण, प्रशासकीय, न्यायालय, संसद्का काम–कार्य प्रभावकारी बनाउन संघीय लोकतन्त्रको मर्मअनुरूप संरचनाहरूको निरन्तर पुनर्संरचना र सुदृढीकरण गर्नु छ । विशेष क्षेत्रको कार्यान्वयन, भाषा–संस्कृतिको रक्षा र पहिचान स्थापित गर्नु छ । राष्ट्रको नेतृत्व गर्न कार्यकारी प्रमुखको आवश्यकता र निर्वाचन प्रणालीमा सुधारका मुद्दाहरूका बाँकी बहसलाई निष्कर्षमा पु¥याउनु छ ।

वाम–लोकतान्त्रिक गठबन्धनले वैचारिक विविधताको एकता साथ विविध जनचाहनालाई प्रतिनिधित्व गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न महŒवपूर्ण भूमिका खेल्नेछ ।

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू !

नेपालको शान्ति प्रक्रिया सुरु भएसँगै भएका हरेक निर्वाचनमा रुकुम जहिल्यै परिवर्तनको पक्षमा उभिएको छ । ०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा निर्वाचन तथा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तपाईंहरूले निरन्तर विजयको विरासत खडा गरिदिनुभएको छ।

आसन्न निर्वाचनमा रुकुम पश्चिममा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट म प्रतिनिधिसभाको साझा उम्मेदवार हुँ । साथै प्रदेशसभामा गठबन्धनको तर्फबाट राजकुमार शर्मा र महेन्द्र केसी प्रत्यक्षतर्फ साझा उम्मेदवार हुनुहुन्छ । यसैगरी, माओवादी केन्द्रबाट समानुपातिकतर्फ प्रेमकुमारी सुनार, लक्ष्मी पुन, मिलन खड्का र झक्कुप्रसाद घर्ती उम्मेदवार हुनुहुन्छ । पश्चिम रुकुमको विकास र गरिबी निवारण मात्र होइन शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अझै धेरै काम बाँकी छन् । जनप्रतिनिधि वा संवैधानिक भूमिकामा रहँदा हामीले विगतमा जस्तै पश्चिम रुकुमको हितमा काम गर्ने दृढ संकल्प दोहो¥याउँछौँ । रुकुम पश्चिमका सम्पूर्ण जनसमुदायसँग विशेष आग्रह र विश्वास छ– अमूल्य मत दिई अत्यधिक बहुमतका साथ हाम्रो विजयको यात्रालाई उचाइमा पु¥याउनु हुनेछ ।

जनादेशलाई जिम्मवोरी ठान्ने हाम्रो परम्परा छ । जनप्िरतनिधिको हैसियतमा पहिलो कार्यकाल (२०६४) शान्ति प्रक्रिया स्थापित गर्ने, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन संघर्षका साथ विकासका आफ्नै मौलिक मोडालिडी तय गर्नमा बित्यो । दोस्रो (२०७०) कार्यकाल सडक, विद्युतलगायत पूर्वाधार विकास र संविधान निर्माणमा निर्णायक भूमिकासहित बित्यो । तेस्रो (२०७४) कार्यकाल समग्र पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र नयाँ उद्योगको सम्भावनामाथि आधार तयार गर्नमा बितेको छ । आसन्न निर्वाचनमार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकीकरण एवं औद्योगिकीकरण, नयाँ प्रविधियुक्त शैक्षिक विकाससहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवम् सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमार्फत सुशासनसहित जनताको जीवनमा परिवर्तनको अवधि हुनेछ ।

सबैबाट सिक्दै विकास समृद्धिको मौलिक नीति र कार्यान्वयनमार्फत समाजवादको आधारको एउटा नमुना बनाउने प्रतिबद्धता गर्दै यस अवसरमा निर्वाचन क्षेत्रका मतदातासँग आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म विगतमा जस्तै विधायिकी जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँछौँ । जिल्लावासीको विकासको चाहनालाई मूर्त रूप दिन हरसम्भव प्रयास रहनेछ । हाम्रो संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको सम्भाव्यता तथा जिम्मेवारीप्रति इमानदार रहनेछौँ ।

देशभर प्रत्यक्षतर्फ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न तथा समानुपातिकतर्फ माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न सम्पूर्ण मतदातालाई विशेष आग्रह गर्दछु । पश्चगमनकारी शक्तिहरूको षड्यन्त्रलाई चिर्दै नेपालको समृद्धि र विकासको आकांक्षा अनि आवश्यकता पूरा गर्न सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र बुबाआमाहरूमा पुनः हार्दिक अनुरोध गर्दछु । र, अन्त्यमा आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन निष्पक्ष ढंगले सफल बनाउन हामी सबैको योगदान रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

जनार्दन शर्मा ‘प्रभाकर’
पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार
वाम–लोकतान्त्रिक गठबन्धन 

प्रतिक्रिया दिनुहोस्