Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउसीभैलो खेलेर संकलित रकम बिरामीको उपचारका लागि सहयोग

२०७९ कात्तिक १२
tribeni2

रुकुम पूर्व / तिहारको अवसरमा खेलिएको देउसीभैलोबाट संकलित रकम यहाँका विभिन्न देउसी समुहले बिरामीको उपचारको लागि खर्च गरेका छन् । जिल्लाको सिस्ने गाउँँपालिका वडा नम्बर ६ का विभिन्न देउसी भैलो समुहहरुले भैली खेलेर उठेको रकमबाट एक बिरामीलाई सहयोग गरेका हुन् ।

देउसीबाट उठेको रकमले सोहि वडाका याम बहादुर हमाललाई उपचारको लागि सहयोग गरेका छन् । हरेक वर्षको तिहारमा देउसी भैलोबाट उठाएको रकम बिभिन्न सामाजिक काममा खर्च गर्दै आएको बाहुनडेरा देउसी भैलो समूहले यस वर्ष हमालको उपचारका लागि १० हजार नगद सहयोग गरेको देउसी भैलो समुहका सुन्दर गौतमले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका शाहीको अवस्थालाई मध्यनजर गर्दै थोरै भएपनि राहात मिलोस भन्ने उद्धेश्यका साथ नगद सहयोग गरिएको गौतमको भनाई छ ।

यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ६ कै पाखागाउँ देउसी भैलो टिमले संकलन गरिएको रकमबाट १० हजार नगद सहयोग गरेको छ भने वडाकै ढकालबारा देउसी भैलो टिमले पनि हमालको उपचारका लागि १५ हजार रुपैया सहयोग गरेको हो । कसैको सानो सहयोगले मानव जीवन नै बाँच्छ भने थोरै भएपनि सहयोगका लागि देउसी भैलो समूहले सबैमा अपिल समेत गरेका छन् ।

तत्कालिन शोभा गा.वि.स. वडा नम्बर २ का अध्यक्ष समेत रहनु भएका हमाल उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्छ । हमालको हाल पाटन अस्पताल ललितपुरमा उपचार भैरहेको छ । उच्च रक्तचापका कारण टाउकोको अप्रेशन गर्नुपर्ने डक्टरको सल्लाह बमोजिम हमाललाई अप्रेशनका लागि रकम जुटाउन समस्या भएको हो ।

परिवारको आर्थिक स्थिती कमजोर रहेका हमालको अप्रेशनमा ३ लाख रुपैयाँ सम्म खर्च हुने भएका कारण सहयोग रकम आवश्यक परेको यामबहादुर बचाउ अभियानका हरि बहादुर थापाले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका हमालको अप्रेशनका लागि रकम जुटाउन परिवारलाई समस्या भैरहेको हमालका जेठा छोरा शेखर हमालले जानकारी दिनु भयो । साथै हमालको उपचारमा सहयोग गरिदिनका लागि परिवारले सबैमा आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्