Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वतन्त्र उम्मेदवार केसीका १० बुँदे प्रतिबद्धता

२०७९ कात्तिक १३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तारक केसीले आफ्ना १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेदवार रहनुभएका केसीले १० बुँदामामा आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

केसीले गलत कामका बिरुद्ध औला उठाउन सक्ने सचेत, जागरुक र चेतनशलि रुकुमेली, उत्तेजना र आवेग होईन चेतना र विवेक, भ्रष्टाचार निर्मुल, सुशासन र सदाचारयुक्त रुकुम, राज्यको श्रोत साधनको दुरुपयोग रोक्दै जनताप्रति पूर्ण स्थानीय सरकार, जनताको मनमा शान्ती र मुहारमा कान्ती छाउन सक्ने सहिष्णु वातावरण निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार केसीले घर, परिवार, समाज र राष्ट्रप्रति सर्वदा उत्तरदायी नागरिक निर्माण, राज्यको श्रोत साधनको चरम दोहन र दुरुपयोग नियमन गर्ने, उत्पादनशील नागरिक, समुन्नत र आत्मनिर्भर जिल्ला निर्माणमा सक्रियता र बर्षौदेखि पुरा नभएर अलपत्र रहेका योजनाहरुको चासो र समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

३३ बर्षे युवा उम्मेदवार केसी सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार तथा माओवादी नेता जनार्दन शर्मा, नेकपा एमालेका नन्दलाल देवकोटा, राप्रपाका दिपक मल्ल, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुन र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डे विरुद्ध प्रतिनिधिसभा सदस्य पदको लागि चुनावी मैदानमा होमिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्