Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

व्यक्तिगत खर्चमा गोरेटो बाटो निर्माण

२०७९ कात्तिक १३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक व्यक्तिले आफ्नै लगानीमा गाउँमा गोरेटो बाटो निर्माण गरेका छन् ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ६ घर भई हाल टेक्सास अमेरिकामा रहनु भएका बिर्खबहादुर खत्रीले बाँफिकोटको मग्मा देखि स्याला सम्मको गोरेटोबाटो निर्माण गर्नुभएको हो ।

बाँफिकोट गाउँपालिका ६ को किमान–दुलिखोला–मूलपानी गाउँ हुँदै झुला–स्याला जाने गोरेटो बाटो खत्रीको व्यक्तिगत खर्चमा निर्माण भएको स्थानीय पहलसिंह खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समाजसेवी बिर्खबहादुर खत्रीसँगै भाईहरु हरि खत्री, विजय खत्री मिलेर गाउँको गोरेटो बाटो निर्माण गरिदिनुभएको हो । व्यक्तिगत खर्चमा गाउँको बाटो निर्माण हुँदा स्थानीयलाई आउजाउमा सहज भएको समेत उहाँले बताउनुभयो ।

उक्त बाटो साघुँरो र अप्ठ्यारो हुँदा स्थानीयहरु कठिनाईपूर्वक दैनिक आउजाउ गर्न बाध्य भएका थिए । अहिले मान्छेहरुको आउजाउसँगै पशुचौपायाहरु जंगलमा चराउन लैजान सहज भएको स्थानीयले जनाएका छन् । खत्री बन्धुहरुको सामाजिक योगदानको गाउँमा उच्च प्रशंसा भएको छ । सरकारी योजना समेत पुग्न नसकेको उक्त स्थानमा भएको यस स्रहानिय कार्यले चौतर्फि स्याबासी पाएको बताईएको छ ।

बिर्खबहादुर खत्रीका भाई हरि खत्रीका अनुसार करिब तीन किलोमिटर गोरेटोबाटो निर्माणको लागि व्यक्तिगत रुपमा तीन लाख रकम खर्च भएको छ । उक्त रकम गोरेटो बाटो निर्माणमा संलग्न मजदुरहरुको ज्यालामा खर्च भएको हो । स्थानीयले श्रमदान समेत गरेर बाटोमा योगदान दिएका छन् ।

गोरेटो बाटो निर्माणको खर्च विवरण समेत सबै स्थानीयहरुको भेलामा सार्वजनिक गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्