Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

२०७९ कात्तिक १४
tribeni2

सल्यान / सल्यानमा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ का अन्दाजी २० वर्षीय रेवन्त बुढालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

बुढालाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई १२ गते बनगाड कुपिण्डे नगरपालिका १ माल्पेको जंगलमा रातीको समयमा जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको हो ।

कुटपिटमा घाइते भएकी किशोरीको नेपालगञ्ज उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । अभियुक्त बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्