Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिमालय जनता मा.वि. नुवाकोटमा चोरी

२०७९ कात्तिक १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको एक विद्यालयमा चोरी भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ को श्री हिमालय जनता माद्यामिक विद्यालयमा सोमबार राति चोरी भएको हो । विद्यालयबाट चार वटा डेस्टव कम्प्युटर, एक ल्याटप र दुई वटा भलिवल चोरी भएको विद्यालयका प्राधानाध्यापक नरसिं वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयको मुल गेटको ताला फुटाएर भित्र पसेको र प्रशासनिक कक्ष र कम्प्युटर कक्षको समेत ताला फुटाएर उक्त सामान लिएको छ ।विद्यालयबाट अरु कागजपत्र पनि चोरी भएको छ ।

आज मंगलबार विहान १० बजे विद्यालयमा आउँदा विद्यालयमा चोरी भएको थाहा भएपछि प्रहरी चौकी नुवाकोटलाई जानकारी दिइएको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी चौकी नुवाकोटले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्