Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुत्केरी भएको ६ घण्टापछि मृत्यु

२०७९ कात्तिक १५
tribeni2

हुम्ला / हुम्लामा एक सुत्केरीको मृत्यु भएको छ ।

सुत्केरी भएको ६ घण्टापछि अदानचुली–५ करगाईकी २० वर्षीया रंगिता शाहीको मृत्यु भएको हो । सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि शाहीको मृत्यु भएको बताईएको छ ।

दुर्गम गाउँमा स्वास्थ्य चौकी नभएका कारण उपचार गर्न नपाउँदा सुत्केरीको मृत्यु भएको स्थानीय बलबहादुर शाहीले बताउनुभयो । शाहीको मङ्गलबार बिहान ६ बजे मृत्यु भएको हो । सोमबार मध्यराति रंगिता घरमै सुत्केरी हुनुभएको थियो ।

नजिकै स्वास्थ्य चौकी नभएको र गाउँमा पनि कोही स्वास्थ्यकर्मी नभएका कारण उहाँको मृत्यु भएको बलबहादुरले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्