आज अक्षय तृतीयाः जौको सातु खाने दिन

काठमाडौं २४ बैशाख ।

वैशाख शुक्ल तृतीयाका दिन आज जौको सातु–सर्वत दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।

आजका गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आज पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गरी ब्रह्मा, विष्णु र महेश्वरको आव्हान गरी जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

गर्मी समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्