Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

 बाँफिकोट ९ र १० जोड्ने बाटो सूचारु

२०७९ कात्तिक १६
tribeni2

रुकुम पश्चिम / बाँफिकोट गाउँपालिकाले वडा नम्बर ९ र १० जोड्ने बाटो सूचारु गरेको छ ।

वडा नम्बर ४ बाट वडा नम्बर ९ र १० लाई जोड्ने सडकको विचमा पर्ने खोलामा बाटाे मर्मत भएसँगै बाटो सूचारु भएको हो । गाउँपालिका प्रवक्ता प्रकाश खत्रीका अनुसार मंगलबार उक्त खोलामा बगाएकाे कल्भर्टकाे ठाउँमा मर्मत गरिएको हो ।

वर्षामा आएको बाढीले कल्भर्ट भत्किएसँगै बाटो पूर्ण बन्द भएको थियो । बाटो सुचारु भएसँगै वडा नम्बर ९ र १० का सर्वसाधारणहरुलाई आउजाउ र सामान ओसार पसारमा सहज भएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्