Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिउँमा फसेका चार श्रमिकको थप उपचारको लागी नेपालगन्ज रिफर

२०७९ कात्तिक १६
tribeni2

रुकुम पश्चिम / हिउँमा फसेका चार जना व्यक्तिको उद्धार गरिएको छ ।

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाको भिजेरमा हिउँमा फसेका रुकुम पश्चिमका ४ जनाको उद्धार गरिएको हो । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का टोपबहादुर बुढामगर,मनोज बस्याल, चन्द्रबहादुर बुढा मगर र सन्दिप बुढा मगरको उद्धार गरिएको हो ।

उद्धार पछि उनिहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्लेमा ल्याइएको थियो । सल्लेमा उपचार सम्भव नभएपछि नेपालगन्ज स्थित भेरी अस्पतालमा पठाइएको जिल्ला अस्पताल सल्लेले जनाएको छ ।

अस्पतालका अनुसार हिउँमा फसेका कारण उनिहरुको खुट्टाको औला गलेकोे छ । श्रमिकको रुपमा डोल्पा गएका उनीहरु कात्तिक ३ गते शे-फोक्सुन्डो गाउँपालिकाको नेल्ना लेकमा हिउँमा फसेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्