Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको अग्लो भागमा सडक सन्जाल विस्तार

२०७९ कात्तिक १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १० को सबैभन्दा अग्लो चुचुरोमा सडक पुगेको छ ।

सानीभेरी गाउँपालिकाको छ लाख आर्थिक सहयोगमा र वडाको सहजीकरणमा हुवास्ने-झारपोखरी-मेलपोखरी हुँदै ढोलटाकुरासम्म सडक निर्माण भएको छ ।

सडक भन्दा २ किलोमिटर अग्लो डाँडामा छड्के तहबाट ७०० मिटर सडक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष ठकेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

स्थानीय तहको निर्वाचनमा गरेको प्रतिवद्धताका अनुसार नै दुर्गम बस्तीमा सडक पुर्याउन सफल भएको वडा अध्यक्ष टिकाराम खड्काले बताउनुभयो । सडक निर्माण भएसँगै अव त्यहाँका सर्वसाधारणहरुलाई खाद्य तथा अन्य आवश्यक सामाग्री ल्याउन र पुय्राउन सहज भएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्