नेभिगेशन
समाज

चिन्तुको गाउँघर क्लिनिक सञ्चालन गर्ने

रुकुम पश्चिम / रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका १० चिन्तुमा रहेको गाउँघर क्लिनिक आधा दशक पछि सुचारु हुने भएको छ ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र घण्ठानामा बसेको स्वास्थ्य व्यवस्थापन समितिको बैठकले करिब तीन वर्ष देखि बन्द अवस्थामा रहेको गाउँघर क्लिनिक सुचारु गर्ने निर्णय गरेको हो ।

सरकारी स्वामित्व रहेको र भवन निर्माण समेत भैसकेको गाउँघर क्लिनिकलाई आउँदो मंसिर ८ गते देखि प्रत्येक महिनाको ८ गते खोप तथा स्वास्थ्य सम्बन्धी सबै कामकाज हुने गरी सञ्चालन भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गोपालसिंह ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले वडाले विनियोजन गरेको ५० हजार रकमबाट सुनौला हजार दिन भित्रका गर्भवती तथा सुत्केरी महिलालाई पोषण कार्यक्रम अनुसार दुई पटक अण्डा, नङकट, ब्रुस मञ्जन, सावुन तथा आयोडिन युक्त नुन दिने निर्णय समेत गरेको छ। यसका लागि पहिलो तथा नियमित गर्भ चेक जाँच गराउएको हुनुपर्छ ।

साथै वडाले स्वास्थ्य केन्द्र व्यवस्थापनका लागि छुट्टाएको तीन लाख बाट गेट, भर्याङ र भवनको माथि टहरा निर्माण गर्ने समेत निर्णय गरेको वडा अध्यक्ष टिकाराम खड्काले बताउनु भयो । अब प्रत्येक महिनाको ९ गते नियमित बैठक बस्ने समेत निर्णय गरेको छ।

सानीभेरी गाउँपालिका १० का वडा अध्यक्ष तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकको सहजीकरण स्वास्थ्य सेवा केन्द्र इन्चार्ज गोपालसिंह ओलीले गर्नुभएको थियो ।

बैठकमा वडा सदस्य तथा व्यवस्थापन समिति सदस्य खमबहादुर खड्का ,वडा सचिव तथा व्यवस्थापन समिति सदस्य पूर्ण बहादुर डाँगी ,सरस्वती मा वि चिन्तुका प्रअ तथा व्यवस्थापन समिति सदसय खडकबहादुर खड्का, महिला स्वयंसेविकाको तर्फबाट जयकुमारी बिक लगाएतको उपस्थिति रहेको थियो ।

चिन्तुमा ‘टाउको दुख्या औषधि नाईटोमा’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज