Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको नदुवाबाट मुसिकोट आउँदै गरेको जीप सल्लेमा दुर्घटना, चार जना घाईते

२०७९ कात्तिक १६
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ मा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार बाँफिकोटको नदुवाबाट जिल्ला सदरमुकाम मुसिकोट आउँदै गरेको लु १ ज १५६९ नम्वरको यात्रुबहाक जीप बुधबार बेलुका मुसिकोट नगरपालिका २ सल्लेदेखि तल रहेको सतिपोले नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेर आठबिसकोट नगरपालिका २ का १५ बर्षका भुपाल थापा, सोहि स्थानका ५० वर्षिया कमला बुढा, ३० बर्षिया रमिता थापा बोहरा र आठबिसकोट ३ का ९ बर्षिय अभिषेक बोहरा घाईते हुनुभएको छ ।

घाईते मध्य गोपालको हातको पञ्जामा गहिरो घाउ रहेको छ भने कमलाको टाउकोमा चोट लागेको छ । अन्य दुईको भने अवस्था सामान्य रहेको छ ।

घाईतेहरुको प्रहरी र स्थानीयद्धारा उद्धार गरिएको र अहिले जिल्ला अस्पताल सल्लेमा ल्याईएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उकालाेमा जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको बताईएको छ । 

चालक ध्रुव केसी र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्