Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा नमुना मतदान सम्पन्न

२०७९ कात्तिक १७
tribeni2

रुकुम पश्चिम / बाँफिकोट गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको छ । बिहिबार जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान सम्पन्न भएको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर नमुना मतदान गरिएको हो । बाँफिकोटमा गरिएको नमुना मतदान कार्यक्रममा २७ जनाले भाग लिएको जिल्ल निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

आजै जिल्लाको आठबिसकोट नगरपालिकामा पनि नमुना मतदान कार्यक्रम गरिने जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो । उहाँका अनुसार बदर मत कम गर्न र मतदाताहरुलाई निर्वाचन शिक्षा प्रदान गर्न जिल्लामा रहेका छ वटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिने छ।

कात्तिक १८ गते सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा, १९ गते मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा नमुना मतदान हुने जिल्ला निर्वाचन अधिकारी मल्लले जानकारी दिनुभयो ।

नमुना मतदान कार्यक्रममा निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु पुरा गरिन्छ । मतदाताहरुलाई लाइन लगाउने, मतदाता नामावली रुजु गर्ने, मतपेटिका प्रदान गर्ने, मतदान गर्ने, मतपत्र पट्याउने र मतपेटिकामा मतपत्र हाल्ने लगायतका कार्यहरु सिकाइने गरिन्छ ।

यसका साथै निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी समेतको कामको बाँडफाँड गर्ने काम नमुना मतदानमा सिकाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्