Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पढ्दै कमाउँदै : फूल बेचेर चार लाख आम्दानी

२०७९ कात्तिक १७
tribeni2

दाङ / दाङको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले तिहारमा 'पढ्दै कमाउँदै कार्यक्रम' अन्तर्गत चार लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका छन् ।

तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीले संयुक्तरूपमा फूल खेती गरेका थिए । विद्यालयको पाँच कट्ठा जग्गामा गरिएको खेतीबाट विद्यार्थीले चार लाख रुपैयाँ आम्दानी गरेका कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।

कलेज प्रमुख आचार्यले फूलबाट आशा गरेअनुसार आम्दानी भएको बताउँदै थप दुई लाख रुपैयाँको फूल बिक्रीका लागि तयारी भएको बताउनुभयो ।

'पढ्दै कमाउँदै कार्यक्रम' अन्तर्गत मखमली र सयपत्री फूलको खेती गरेका विद्यार्थीले किलोको छ सय र प्रतिमाला दुई सय ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्