सरकारमै बसि बसि फोरम-नयाँ शक्तिसंग एकता हुन्नः राजपा

काठमाडौं २४ बैशाख

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले संघिय समाजवादी फोरम सरकारमा रहने वा नरहने भन्ने अन्यौलताले नयाँ शक्ति र फोरमसंग आफुहरुको एकता रोकिएको बताएका छन् ।

धनुषामा पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले दुई पार्टीको एकता सकारात्मक भएपनि सरकारको नीति तथा कार्यक्रमले संबिधान सर्वस्विकार्य भनीरहँदा फोरमले केही गर्न नसकेकाले तत्काल एकतामा बाधा परेको बताए ।

सरकारसंग आफ्ना असन्तुष्टी, संबिधान संसोधनको माग थाँती नै रहेकाले सरकारमै रहीरहँदा फोरमसंग एकता गर्न नसकिने उनको भनाई छ । राजपा नेता भण्डारीले ओली नेतृत्वको दुई तिहाईको सरकार प्रतिगमन तर्फ ढल्केको आरोप लगाए ।

उनले सरकार संविधानलाई पूर्णरुपमा सर्वस्विकार्य बनाएर कार्यान्वयनमा लैजान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारीबाट पन्छिएको आरोप लगाए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्