Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मृतक लिलाध्वजको परिवारलाई दुई लाख ५२ हजार सहयोग

२०७९ कात्तिक १७
tribeni2

रुकुम पश्चिम / ३७ वर्षको उमेरमा मृत्यु भएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ का लिलाध्वज खड्काको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

मृतकका परिवारलाई दुई लाख ५२ हजार १४१ रुपैया सहयोग गरिएको स्थानीय समेत रहनु भएका नेपाली काँग्रेस मुसिकोट नगरसमितिका सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो ।
खड्काको कात्तिक ७ गते भारतको गुवामा मोटरसाईकलको ठक्करबाट मृत्यु भएको थियो ।

मृतक खड्काको दाहसस्कार र सन्तानको शैक्षिक क्षेत्रमा केहि राहत होस् भन्ने हेतुले आर्थिक सहयोग जुटाईएको ओलीले बताउनुभयो । खड्काको १३ औं दिनको पुण्य तिथिको अवसरमा बिहिबार उहाँकै घरमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

ओलीका अनुसार हाल अमेरिकामा रहनुभएका खिममान खत्री, भिम बहादुर खड्का र वीर बहादुर डाँगीको पहलमा एक लाख ५१ हजार २८७ रकम सहयोग जुटाईएको हो । त्यसैगरी हाल भारतमा रहनुभएका प्रकाश ओलीं, धर्म प्रसाद ओलीको पहलमा दाहसंस्कार खर्च गरेर बचेको सहयोग रकम १९ हजार ७०४ र ईष्टमित्र, छरछिमेकहरुको सहयोगमा जम्मा भएको ८१ हजार १५० सहयोग प्राप्त भएको ओलीले जानकारी दिनुभयो ।

लिलाध्वजका एक छोरा, एक छोरी, श्रीमती, आमाबुवा, भाई र बुहारी हुनुहुन्छ ।

रुकुमको मुसिकोटका एक युवाको भारतमा मृत्यु

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्