Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा नमूना मतदान सम्पन्न

२०७९ कात्तिक १७
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोटमा नमूना मतदान सम्पन्न गरिएको छ । बिहिबार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले सहिद स्मृति नमूना दिपज्योती माविमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।

नमूना मतदानमा जम्मा ३९ मत खसेको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा मतदान अधिकृत मणिराज शाहले बताउनुभयो । उहाँका अनुसार खसेको जम्मा मत मध्य प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ३२ मत सदर र ७ मत बदर भएका छन् भने समानुपातिकमा ३४ मत सदर र ५ मत बदर भएका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ ३२ मत सदर र ७ मत बदर भएका छन् भने समानुपातिकतर्फ ३१ मत सदर र ८ मत बदर भएका छन् ।

नमूना मतदान कार्यक्रममा आठबिसकोट नगरपालिकाका नगर प्रमुख रबि केसि, उप प्रमुख धनकुमारी शाहीको उपस्थिति रहेको थियो । स्थानीय मतदाता र कर्मचारी समेतको सहभागितामा नमूना मतदान गरिएको हो ।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रदान गर्न नमूना मतदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । जिल्ला निवौचन कार्यालय रुकुम पश्चिमले जिल्लाका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने जनाएको छ । आजै बाँफिकोटमा पनि उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्