Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गोपाल जीजंगले भने : मुटु माथी ढुङगाराखी हाँस्नु पर्याछ, जनार्दनले भने : फूलको आँखामा फूलै संसार ....

२०७९ कात्तिक १८
tribeni2

रुकुम पश्चिम / शुक्रबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त पत्रकार सम्मेलन कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री गोपाल जि जंग शाह र अर्थमन्त्री जनार्दन शर्माले चर्चित गित मार्फत आफ्ना भनाईहरु राख्नु भएको छ ।

सत्तारुढ पाँच दलको गठबन्धनको तर्फबाट सयुक्त अपिल गर्नुअघि नेपाली काँग्रेका नेता शाहले “आँखा छोपी नरोउ भनि भन्नु पर्याछ, मुटु माथी ढुङगाराखी हास्नु पर्याछ” भन्दै आफ्ना भनाई राख्नु भएको हो । उहाँले नेपाली काँग्रेसको केन्द्रिय नेतृत्वको दवावमा जिल्लामा चुनावी गठबन्धन गर्नुपरेको तर्फ संकेत गर्नुुहुँदै उक्त गित उल्लेख गर्नुभएको हो ।

“आज यो पनि सुनाउन मन छ, यस्तो पनि हुँदो रैछ जीन्दगीमा कहिले कहिले, कसैलाई माया गर्ने एउटा गर्ने एउटा भूल गरे मैले ....” शाहले भन्नुभयो, “जिल्लाको समग्र विकास र हितको लागि गठबन्धन दलका उम्मेदवारलाई हँसिया हथौता चुनाव चिन्हमा मत दिनुहोला ।”

शाहले संयुक्त अपिल वाचन गरे लगत्तै बोल्नु भएका प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धन तर्फका साझा उम्मेदवार जनार्दन शर्माले यस अवस्थालाई फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गित अनुसार बुझ्न आग्रह गर्नुभयो ।

“शाह हाम्रो अभिभावक हुनुहुन्छ,” शर्माले भन्नुभयो, “हामी सबै समृद्धिको पक्षमा छौ, विकासको पक्षमा छौ ।” उहाँले शान्ति प्रक्रिया लगत्तै जिल्लामा काँग्रेससँग विकासको लागि सहकार्य सुरु भएको स्मरण गर्नुहुँदै जिल्लाको गुणात्मक र दिगो विकासका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधानको र संघीयताको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारले अहिलेको चुनाव जित्न आवश्यक रहेको समेत जनाउनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्