Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका वाम लोकतान्त्रिक गठबन्धन दल आज देखि चुनावी कार्यक्रममा (निर्णय र चुनावी कार्यक्रम तालिका)

२०७९ कात्तिक १८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा वाम लोकतान्त्रिक गठबन्धनले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार जिल्लाको मुसिकोट नगरपालिकामा गठबन्धनले पत्रकार सम्मेलन गरेको हो ।

पाँच दलिय गठबन्धनले गरेका निर्णयहरुको बारेमा जानकारी दिनको लागी पत्रकार सम्मेलन गरिएको हो ।

गठबन्धन दल संमिलित राजनीतिक संयन्त्र गठन गर्ने, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्न अपिल गर्ने, निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय भएको बताईएको छ ।
गठबन्धन दलको शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गर्नुहँदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपालीले नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाहको नेतृत्वमा १०९ सदस्यीय जिल्ला स्तरिय संयुक्त निर्वाचन परिचालन समिती बनाउने र उक्त समितिमा दलका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटीका पाँचपाँच जना सदस्यहरु, जिल्ला कार्यसमितीका पदाधिकारीहरु, पालिकाका इन्चाजर्, सभापति वा अध्यक्षहरु रहने नेपालीले बताउनुभयो ।

यस्तै गठबन्धनको संयुक्त चुनावी सभाको कार्यतालिका निर्माण गरेको समेत पत्रकार सम्मलेनमा जानकारी दिएको छ । जसमा कात्तिक १८ गते चौरजहारी नगरपालिकाको खोलागाउँ चिन्नेबगरमा संयुक्त चुनावी सभा गरिने बताइएको छ ।

१९ गते त्रिवेणीको पेउघा, २० गते त्रिवेणीको सिमु्रतु, २१ गते सानीभेरीको दुली छहरा, २३ गते बाँफिकोटको छिन्खेत, २४ गते आठबिसकोटको राडी, २५ गते आठबिसकोटको गोताममा चुनावी सभा गर्ने बताइएको छ ।

त्यसैगरी २६ गते आठसिकोट खदिको साझेबगर, २८ गतेमुसिकोटको झुल्खेत, २९ गते मुसिकोटको छिवाङ चौतारा, ३० गते सानीभेरीको सिम्ली र मंसिर १ गते चौरजहारीको शंखपिपलमा संयुक्त चुनावी सभा गरिने गठबन्धनले बताएको छ ।

रुकुमको समग्र विकास र समृद्धिको लागि वाम लोकतान्त्रिक गठबन्धनका पत्यक्ष तर्फका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा, प्रदेशसभा १ मा महेन्द्र केसी र प्रदेशसभा २ मा राजकुमार शर्मालाई उम्मेद्वारको रुपमा अघि सारिएको र उहाँहरुलाई विजयी गराउन आग्रह गरिएको छ ।

बैठकका निर्णय र चुनावी कार्यक्रम तालिका : 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्