Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हँसिया हथौडामा मत हाल्न वाम लोकतान्त्रिक गठबन्धनको अपिल

२०७९ कात्तिक १८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा वाम लोकतान्त्रिक गठबन्धनले हँसिया हथौडामा मत हाल्न अपिल गरेको छ । शुक्रबार पाँच दलिय गठबन्धनका शिर्ष नेतृत्वहरुले संयुक्त अपिल जारी गरेका हुन ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति हर्कसिंह खत्री, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष प्रशाराम खत्री र राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले हस्ताक्षर गरेको उक्त अपिलमा रुकुमको विकास समृद्धिको लागी बाम लोतान्त्रिक गठबन्धनका प्रत्यक्षतर्फका साझा उम्मेदवारलाई गोलाकारभित्रको हँसिया हथौडामा मत दिन आग्रह गरिएको छ ।

समानुपातिकतर्फ भने आ आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गरि वाम लोकतान्त्रिक गठबन्धनक सवै दलहरुलाई विजयी बनाउन पनि अनुरोध गर्दछौं अपिलमा भनिएको छ ।

जिल्लामा गठबन्धनको तर्फबाट पत्यक्ष तर्फ प्रतिनिधि सभाको लागी जनार्दन शर्मा, प्रदेशसभा क्षेत्र नम्बर क को लागी महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नम्बर ख को लागी राजकुमार शर्मा उम्मेदवारका रुपमा हुनुहुन्छ ।

रुकुम जिल्लाको समग्र विकार र समृद्धिको लागी दलहरुबिच एकिकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभुमिमा सहकार्य र एकता प्रतिविम्वित भएको पनि अपिलमा उल्लेख गरिएको छ ।

रुकुम पश्चिम जिल्लास्थित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त अपिल :

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्