Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खोलागाउँमा काँग्रेसका केन्द्रीय सदस्य र पूर्व राज्यमन्त्रीलाई आफ्नै कार्यकर्ताद्वारा कालो झण्डा सहित बहिष्कार

व्यक्तिगत स्वार्थका लागि गठबन्धन गरिएको आराेप
२०७९ कात्तिक १८
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेसका कार्यकर्ताहरुले रुकुम पश्चिममा आफ्नै पार्टीका नेता बिरुद्ध कालो झण्डा देखाउनुका साथै पर्चा पम्मलेट वितरण गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली र पूर्व राज्य मन्त्री समेत रहनु भएका काँग्रेस नेता गोपालजि जंग शाहलाई चौरजहारी नगरपालिका १० मा शुक्रबार आफ्नै कार्यकर्ताले बहिष्कार गरेका हुन् ।

वाम लोकतान्त्रिक गठबन्धन दलको चुनावी सभामा सहभागि भएर फर्कने क्रममा चौरजहारी नगरपालिका १० चौफा बजारमा नारा, पम्पलेट सहित कालो झण्डा सहितको गेट बनाएर बहिष्कार गरिएको तरुण दल चौरजहारीका नगर अध्यक्ष हुकुम ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका काँग्रेस कार्यकर्ताहरुको भावना विपरित व्यक्तिगत स्वार्थको लागि माओवादीसँग चुनावी गठबन्धन गरेकोले आफ्नै नेतृत्वको बिरोध गरिएको हो ।

शुक्रबार चौरजहारी १० मा भएको चुनावी सभामा प्रयोग गरिएका नेपाली काँग्रेसका झण्डा फिर्ता लिएर कार्यक्रम समापनपछि कार्यक्रम स्थलमा शाह र नेपाली बिरुद्ध नाराबाजि समेत गरिएको ओलीले बताउनुभयो ।

खोलागाउँको विभिन्न स्थानमा शाह र नेपाली बिरुद्धका पोस्टरहरु टास्नुका साथै व्यक्तिगत स्वार्थका लागि गरिएको गठबन्धन बिरुद्ध उत्रिएको नेपाली काँग्रेसका कार्यकर्ताहरुले जनाएका छन् ।
रुकुम पश्चिममा वाम गठबन्धनको तर्फबाट आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नेताहरु साझा उम्मेदवारको रुपमा रहनुभएको छ ।

सत्तारुढ दलको उक्त गठबन्धनमा नेपाली काँग्रेसले आफूले पनि कुनै एक निर्वाचन क्षेत्र पाउने दाबी गरेतापनि केन्द्रीय सहमति अनुसार रुकुम पश्चिममा रहेका एक प्रतिनिधि सभा र दुई प्रदेश निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा परेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यमा अर्थमन्त्री जनार्दन शर्मा, प्रदेशसभा निर्वाचन क मा महेन्द्र केसी र प्रदेशसभा निर्वाचन ख मा राजकुमार शर्मा उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्