Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीले अविवाहित ४० वर्ष कटेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने

२०७९ कात्तिक १९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले ४० वर्षको उमेरसम्म विवाह नगरि बसेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । कार्तिक १८ गते शुक्रबार गाउँ कार्यपालिकाको हलमा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय सहित विभिन्न १३ वटा निर्णय पारित गरेको गाउँ कार्यपालिका प्रवक्ता पहलसिं घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले गाउँपालिका भित्र बिहे नगरेर बसेका ४० वर्ष उमेर काटेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यविधि पास गरी राजपत्रमा प्रकाशन भए पश्चात लागु गर्ने¸ सानीभेरी नदिको विभिन्न खण्डमा रहेको नदिजन्य पदार्थ ढुंगा गिट्टी बालुवाको कर संकलक राख्ने र संकलकलाई करबाट उठेको २० प्रतिशत रकम पारिश्रमिक दिने¸ वडा नं ५ का वडा सचिब नन्दराम केसीलाई वडा नं १ मा र सिनियर अहेब शशिराम बुढाथोकीलाई वडा नं ५ को सचिबमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले गाउँपालिकाले विनियोजन गरेको बजेटको उपभोक्ता संग सम्झौता पुष मसान्त भित्र गरिसक्ने¸ विभिन्न रोगबाट ग्रसित विरामीहरुको उपचार सहायता निवेदन अनुसार मूल्याङ्कन गरी उपचार सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । ।

सानीभेरी ३ गरायला वेल्टापुको पूरानो गाविस भवनमा नेपाल नेत्रज्योती संघ र गाउँपालिकाको संयुक्त लगानीमा आँखा उपचार केन्द्र स्थापना गर्ने¸ आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मतादाता शिक्षा कार्यक्रम संचालनको लागि आवश्यक वजेटको व्यवस्था गर्ने¸ विप्पे लिफ्ट खानेपानी मर्मतको लागि आवश्यक बजेटको व्यवस्था गर्ने¸ गाउँपालिकामा ठेक्काबाट सम्पन्न हुन् नसकेका योजनाहरुको बारेमा यहि कार्तिक २७ गते अन्तक्रिया कार्यक्रम संचालन गर्ने लगाएतका निर्णयहरु गरिएको प्रवक्ता घर्तीमगरले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्