Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राहात शिक्षकहरुको चौथो जिल्ला अधिवेशन सम्पन्न

२०७९ कात्तिक १९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा राहात शिक्षकहरुको चौथो जिल्ला अधिवेशन भएको छ । शुक्रबार जिल्लाको सानीभेरी गाउँपालिका सिम्लीमा भएको राहात शिक्षकहरुको अधिवेशनले टिकाराम बिष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति समेत गठन गरेको छ । 

राहत शिक्षकहरुका हक र अधिकार प्राप्तिको लागि र राज्यले शिक्षकहरुमा गरेको बिभेद अन्त्यको लागी जिल्लामा जुझारु समिति निर्माण गरेको नवगठित जिल्ला कार्य समितिका सचिव उदयराम ओलीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार अध्यक्षमा टिकाराम विष्ट सह अध्यक्षमा लक्ष्मण थापा, उपाध्यक्ष मनिराज ओलि, अमर आचार्य र उपाध्यक्ष शुशिला बिष्ट खड्का रहनुभएको छ । यस्तै कोषाध्यक्षमा आशा रोका ओली, सचिव उदयराम ओली ,सहसचिव दिपक देवकोटा हुनुहुन्छ ।

सदस्यहरुमा हेमन्त भन्डारी,पहलसिङ् बिक, जीवन थारु, शसिराम बोहरा, लक्ष्मण डाँगी ,कृष्ण बहादुर ओली र मान बहादुर बुढाथोकी रहेको कार्यसमितिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

निवर्तमान जिल्ला समिति अध्यक्ष कृष्णप्रसाद जैसीको अध्यक्षयतामा भएको उक्त अधिबेशनमा जिल्लाका शिक्षक संग संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्