Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
एसपिएम कलेज

एसपिएम कलेजः बिद्यार्थी र समाजको पहिलो रोजाइ (भिडियो)

नवलपुर २४ बैशाख ।
tribeni2


सुर्यभक्त पतनादेवी मेमोरियल कलेज नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ मा पर्छ । पवित्र नारायणी नदि किनारमा २०६३ सालमा स्थापना भएको यो कलेज नवलपरासी चितवन मात्रै होइन तनहुँ र अन्य जिल्लाका बिद्यार्थीका लागी पनि रोजाईको कलेज बन्न सफल भएको छ ।

कलेजले बिद्यार्थीमात्र पढाउने होइन, समुदाय र बिद्यार्थीबिच पुलको काम गर्नुपर्छ र समुदायलाई पनि सिकाई र भोगाइका लागि अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यतामा अघि बढिरहेको यो कलेज सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिन अग्रसर छ ।

समुदायमा आधारीत यस कलेजले स्थानीय तथा जिल्ला बाहिरका बिद्यार्थीहरुलाई समयानुकुल शिक्षा प्रदान गरिहेको छ । सुबिधा सम्पन्न भवन, दक्ष प्राध्यापाक, वातावरणमैत्री र पारिवारिक माहोलमा बिद्यार्थीले अध्ययन गर्न पाउने भएका कारण पनि यस कलेजमा बिद्यार्थीको आकर्षण बढ्दो छ । स्थापनाको लामो समय चितवन नवलपरासी क्षेत्रकै गरिमाका रुपमा स्थापित यस कलेजले विभिन्न समस्याहरु संग सामाना गर्दै फेरी समुदायको चिनारी बन्न सफल भएको छ ।

निम्न स्तरका बिद्यार्थी अध्ययन गर्ने तथा समुदायीक जिम्मेवारी बोकेको यसबिद्यालयले विद्यार्थीहरुलाई विभिन्न सिप र बिद्यार्थीका लागि अध्ययनसंगै रोजगारीका लागि अवसरको पहिचान गर्न सघाउदैँ आएको छ । स्थानीय महिला तथा विभिन्न वर्गका ब्यक्तीका लागि सिप र नयाँ अवसरमा पनि कलेजले सघाउदैँ आएको छ । गैँडाकोट नगरपालिकाको वडा नं २ मा अवस्थित यो कलेज चितवन नवलपरासी तनहुँ लगायत विकट र दुर्गम जिल्लाका बिद्यार्थीका लागी उत्कृष्ट शैक्षीक गन्तव्य बन्न सफल भएको छ ।

एसपिएम कलेजको चिनारी हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=3ThTvuqhd6E&t=181s

 

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्