सोसल मिडिया
रुुकम पश्चिम / नेकपा एमाले रुुकम पश्चिमका उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन्। सबै गाउँ बस्तीमा पुग्ने र मतदातासँग साक्षात्कार गर्ने रणनीति सहित जनताको घरदैलोमा पुग्ने गरेका छन्।
छ वटै स्थानीय तहमा बसोबास गर्ने प्रत्येक परिवारका सदस्यसँग भेटघाट गर्ने रणनीतिका साथ उम्मेदवारहरु गाउँ केन्द्रीत बनेका नेकपा एमाले रुकुम पश्चिमले बताएको छ ।
पार्टीको निर्वाचन परिचालन कमिटिले बनाएको समय तालिका अनुसार नै उम्मेदवारहरु आफ्नो चुनावी एजेण्डा लिएर मत माग्नका लागि जनताको घरदैलोमा पुग्न थालेका हुन ।
जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सकिएको नेकपा एमाले रुकुम पश्चिमले बताएको छ ।
यस्तै शनिबार देखि जिल्लाको आठबिसकोट नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार नन्दराम देवकोटाले जानकारी दिनुभयो ।
मतदातासंगको भेटमा मतदाताले जिल्लामा अधुरा रहेका विकास निर्माणका काममा पहल गर्न आग्रह गरिरहेको र भैरहेको एकलौटी शासन प्रणाली, भ्रष्टाचार, विभेद जस्ता कुराका विरुद्ध लड्न समेत आग्रह गरेको उहाँले बताउनुभयो ।
यस्तै जनताका गुनासा सुन्न मात्रै नभएर आफ्ना प्रतिवद्धता समेत सुनाउन पनि प्रत्येक टोल बस्ती र घरमा पुग्ने गरि घरदैलो सञ्चालन गरिरहेको नेकपा एमाले प्रदेश सभा समानुपातिक उम्मेदवार तुलसा मल्लले बताउनुभयो ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटा, प्रदेश निर्वाचन क्षेत्र (क) उम्मेदवार नारायण कुमार शाह र प्रदेश निर्वाचन क्षेत्र (ख) उम्मेदवार कर्ण घर्ति रहुनभएको छ ।