Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा नमूना मतदान सम्पन्न

२०७९ कात्तिक १९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नमूना मतदान सम्पन्न गरिएको छ । शनिबार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले राप्ती ज्ञानोदय मावि सिम्लीमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।

नमूना मतदानमा जम्मा ५६ मत खसेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १३ वटा मत बदर भएका छन भने समानुपातिक तर्फको मतदानमा १४ मत बदर भएका छन । त्यस्तै प्रदेश सभाको प्रत्यक्षमा ८ मत बदर भएका छन भने समानुपातिकमा ९ मत बदर भएका छन ।


बदर मत कम गर्न र मतदाता शिक्षा प्रदान गर्न नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मल्लले जानकारी दिनुभयो । जिल्ला निवौचन कार्यालय रुकुम पश्चिमले जिल्लाका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने जनाएको छ ।सानीभेरीसँगै जिल्लाको छ वटै स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्