Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा मैकोटमा

२०७९ कात्तिक १९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा मैकोटमा भएको छ ।

शनिबार जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटमा आयोजना गरिएको पहिलो संयुक्त चुनावी सभा सम्पन्न भएको हो ।

सभालाई गठबन्धनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण बहादुर घर्ती, प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) का उम्मेदवार तेजबहादुर ओली, समानुपातिक उम्मेदवारहरु केसरमान रोका, कुसुमदेवि थापा र दिलकुमारि बुढा लगायतले सम्बोधन गर्नुभएको थियो । ।

मैकोटको चुनावी सभामा बोल्दै गठबन्धनका प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) का उम्मेदवार तेजबहादुर ओलीले भन्नुभयो हाम्रा धेरै प्रतिबद्धताहरु रहेका छन । जिल्लाको बिकास र समृद्धिको लागि हाम्रो सझा उम्मेदवारी रहेको छ । यहाँको जनताको भावना बिकास र समृद्धिको लागि लागिपरेका छौ । हामि कुनै जाति र सम्प्रदायको राजनीति गर्न खोजेका छैनौ । पुथाउत्तरगंगा गाउँपालिकामा भेग र समुदायको सम्बोधन गरेर मात्रै हाम्रो उम्मेदवार परेको हो । समानुपातिक संसद घोषणा गर्न मात्रै बाकि रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दलजित श्रीपालीले सहिदहरुको रक्तरञ्जित भूमि मैकोटबाट गठबन्धनलाई बिजय गराउनुपर्ने बताउनुभएको छ । उहाँले आफुहरु गठबन्धनलाई जिताउनका लागि आएको बताउनुभएको छ ।
श्रीपालीले हिजोको १० बर्षे जनयुद्ध र १९ दिने महाज जनआन्दोलनका क्रममा आएका उपलब्धिहरुलाई रक्षा गर्नका लागि सबै सर्वहारा आन्दोलनका साक्षिहरुले आज पनि अन्तरसंघर्ष गर्नुपरिरहेको छ । हामिभित्रकै र बाहिरका बिरोधि शक्तिहरुले धेरै भ्रमहरु शिर्जना गरिरहेका छन यसको पछि लागेमा ठुलो अन्याय हुने बताउनुभएको छ ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार पूर्ण बहादुर घर्तीले चुनावमा आउदै गर्दा हामी भित्र धेरै अन्तरबिरोधहरु आएका छन । धेरै आकंक्षि भयौ तर पार्टीले गरेको निर्णयलाई मानेका छौ । इतिहास कसैको आग्रहमा लेखिने र पुर्वाग्रहमा नमेटिने बताउनुभयो आज उम्मेदवारको टिकट नपाएकै कारण विभिन्न खालका अफबाहका पछाडि नलाग्न अनुरोध गर्नुभएको छ । बिद्रोहि उम्मेदवारप्रति हामी कोहि पनि गठबन्धनका नेताहरुको लजिम नभएकोले कुनैपनि किसिमको भ्रममा नपर्न अनुरोध गर्नुभयो ।
जिल्लाभित्रका बर्ग र समुदायको भावना कुण्ठित नगर्ने प्रतिवद्दता गर्दछु ।

जनवादि ढंगले जनाका मन वचन कर्मले काम गरौ नत्र भने आफ्नो खाल्डो आफै खन्ने काम नगर्न अनुरोध छ । आजसम्म आफु संबैधानिक निकायमा भएको हुनाले चाहेजस्तो जनतामा जान नसकेको बताउनुभयो । अहिले म साझा नेतृत्वमा आएको छु । हामी बाम गठबन्धनका उम्मेदवारलाई बिजय गराउन अनुरोध गर्दछु ।

कार्यक्रममा बोल्दै गणेशमान पुनले देसमा गणतन्त्र संघियता ल्याइसकेपछि यस व्यवस्थालाई अझै सुदृढीकरण गर्नका लागि अझै केही अभ्यास गरिरहेका छौ । रुकुम पूर्वलाइ लाई नयाँ सुदृढ समृद्धि र समाजवादउन्मुख जिल्ला बनाउन गठबन्धनका उम्मेदवारहरुलाई बिजय गराउनुपर्छ । हामी एकढिक्का भएको सन्देश मैकोटबाट दिन चाहान्छौ त्यसकारण कुनै संका नगरि गठबन्धनलाई मतदान गर्न तयार हुनुस । यो प्रतिगमन बिरुद्धको राजनीतिक गठबन्धन गरि चनावसम्म आएका छौ ।

यहाँको प्राकृतिक श्रोतसाधनहरुलाई प्रसोधन गरि जिवनस्तर उकास्न लाग्नुपर्छ । यहाको लागि स्वायत्त संरचनाका लागि हामिले आवस्यकता ठानिरहेका छौ । हामिले स्थानीय सरकारलाई सवलिकरण र स्थानीय अर्थतन्त्रलाई प्रयोग गरि हाम्रो जिवनस्तर बदल्नका लागि हाम्रो गठबन्धन भएको बताउनुभएको छ ।।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्