Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काठमाडौंबाट रूकुम आउँदै बस त्रिशूलीमा खस्दा १६ जना घाईते

२०७९ कात्तिक १९
tribeni2

रुकुम पश्चिम / काठमाडौंबाट रूकुमतर्फ आउँदै गरेको बस त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं बस त्रिशुलीमा खसेको हो।

शनिबार साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भएको छ।

बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार १६ जना व्यक्ति दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ।

घाइतेहरुको स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको छ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्