Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका पत्रकारहरुलाई निर्वाचन सम्बन्धि अभिमुखिकरण

२०७९ कात्तिक २०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमको आयोजनामा निर्वाचनमा सन्चार माध्यमको भुमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बारेमा छलफल गरिएको निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित तरिकाले सम्पन्न गर्न सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निर्वाचनमा मिडियालेसबै पक्षको निगरानी गर्ने, आफू र अरूलाई आचारसंहिता पालना गर्न, गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सन्चारकर्मीले नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला निर्वाचन अधिकारी मल्लले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सबल र थप मर्यादित बनाउन आचारसंहिता पालनामा सन्चारमाध्यमले अहम भुमिका खेल्नु पर्ने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत खडग बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको मिडिया अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सुरक्षा निकायका प्रमुख लगायत जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन पत्रकार महासंघ रुकुम पश्चिमका सचिव हिरा परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ल निर्वाचन अधिकारी कुमारी रिमा मल्लले राख्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्