Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका ६ ठाउँमा नमूना मतदान सम्पन्न

२०७९ कात्तिक २०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका सवै स्थानीय तहमा नमुना मतदान कार्य सम्पन्न भएको छ । शनिबार जिल्लाको सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा नमुना मतदान कार्य सम्पन्न गरेसँगै छ वटैै स्थानीय तहमा सम्पन्न भएको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

विहिबार नमुना मतदान जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकामा, शुक्रबार त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकामा र शनिबार सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा गरिएको हो ।

बदर मत कम गर्न र मतदाताहरुलाई निर्वाचन शिक्षा प्रदान गर्न जिल्लामा रहेका छ वटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्