भोट माग्दै समाजवादीका उम्मेदवार घरघरमा

२०७९ कात्तिक २०

रुकुम पश्चिम / नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमका उम्मेदवारहरु भोट माग्दै जनताको घरघरमा पुग्न थालेका छन । आसन्न मंसिर ४  गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका हुन ।

यतिवेला आफ्नो चुनावी एजेण्डा बोकेर जनताको घरघरमा पुगिरहेको एकिकृत समाजवादी कर्णाली प्रदेश सभा समानुपातिक उम्मेदवार कल्याणी खड्काले बताउनुभयो । आफुहरुले जिल्लाको मुसीकोटमा घरदैलो कार्यक्रम सुरु गरेको पनि उहाँले बताउनुभयो ।

यसैगरि एक सातादेखि मुसीकोट नगरपालिकाको सवै वडा र टोलटोलमा पुगेर मत मागिरहेको प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार सेर बहादुर केसीले बताउनभयो । सबै गाउँ बस्तीमा पुगेर मतदातासँग साक्षात्कार गरिरहेको छु, प्रायः जसो खेती किसानी गर्ने कृषकहरुलाई खेतबारीमा नै पुगेर भेटेको छु, भेटमा अधिकाशं किसानहरुले आफ्नो समस्या राखेका छन उहाँले भन्नुभयो ।

जिल्लामा १८ गते देखि नै सत्ता गठबन्धनमा रहेका दलले प्रत्यक्ष तर्फका उम्मेदवारको लागी आम सभा गरेर नै भोट मागिरहेका छन भने अर्काे दल नेकपा एमाले पनि घरदैलो अभियानमा नै रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्