Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचनमा संचार माध्यमको भुमिका बारेमा अभिमुखिकरण

२०७९ कात्तिक २०
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वमा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

आइतबार जिल्ला निर्वाचन कार्यालय रुकुम पुर्वको आयोजनामा अभिमुखिकरण कार्यक्रम जिल्लाको सिस्ने गाउपालिका ६ मा रहेको होटल लेक सिटिमा सम्पन्न भएको हो । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुको भूमिका बिषयमा छलफलका लागी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलिले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा अहिलेसम्म निर्वाचन आयोगले गरेको तयारी, निर्वाचनको बेलामा पत्रकार र सञ्चार माध्यामको भूमिका, निर्वाचन आचारसंहिताको पलना, आचारसंहिता पालना नगरे हुने कानुनी प्रक्रियालगाएतको बारेमा जानकारी गराइएको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजिकरण जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली र पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा उदघाटन भएको मिडिया अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेको प्रमुख उपस्थिती रहेको थियो ।

निर्वाचनमा सञ्चार माध्यम र पत्रकारले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । साथै उहाले संचार माध्यमले दिने सूचना हरु सहजै रुपमा नागरिकले विश्वास गर्ने हुदा पनि भ्रामक समाचार सम्प्रेषण नगरिदिन पनि पत्रकार हरु लाई अनुरोध गर्नु भयो ।

राजनितिक दल र अन्य ब्यक्तिले आचारसंहिता पालना गरे नगरेको अनुगमन गर्न उनले सन्चारकर्मिलाइ आग्रह गर्नुभएको छ । कसैले आचार संघिता उल्लङघन गरेको पाइएमा खबदारी गर्न पनि घिमिरेले भन्नुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी सुनुवारले निष्पक्ष, स्वतन्त्र र भयरहित सूचना का लागि सन्चारकर्मी हरुको नै मुख्य भुमिका रहने बताउनुभयो । यसै सन्दर्भमा विगत का निर्वाचनमा पनि सत्य तथ्य सुचनाहरु सम्प्रेषणमा जिल्ला स्थित मिडियाकर्मीले उल्लेखनीय काम गरिरहेको भन्दै त्यसलाई निरन्तरता दिन प्रजिअ सुनुवारले आग्रह गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्