Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सामाजीक सञ्जाल

राष्ट्रपती र प्रधानमन्त्रीबारे जे पायो त्यै लेख्नुहुन्छ ? पक्राउ पर्नुहोला नी !

काठमाडौं २४ बैशाख ।
tribeni2

के तपाईले सामाजीक सञ्जालमा देशको रास्ट्रपती र प्रधानमन्त्री वा सरकारका बारेमा अनावश्यक लेख्ने गर्नुभएको छ ? छैन भने राम्रै भो, अब पनि नलेख्नुहोला । तर लेख्ने गर्नुभएको छ भने साबधान तपाई पक्राउ पर्ने सम्भावना बढी छ । किनकी सिन्धुपाल्चोकका एकजना हेडमास्टर रास्ट्रपती र प्रधानमन्त्रीबारे अर्नगल पोष्ट गरेका कारण प्रहरीको फन्दामा परेका छन् ।

ती हेडमास्टरले फेसबुकमा रास्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको फोटो विगारी बिहे गरेको निम्ताको कार्डसहित पोष्ट राखेका थिए । सरकारको निगरानीमा उनको पोष्ट पर्यो । अनी त्यसपनि ति हेडमास्टरलाई अपराध महाशाखाले पक्राउ गर्न आदेश दियो ।

हो, सामाजीक सञ्जाल फेसबुकमा रास्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको तस्विर अतीरन्जीत गर्ने एकजना प्रध्यानाध्यापक मंगलबार सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारी अपशब्द सहितको पोष्ट गर्ने मेलम्ची नगरपालिका १३ फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईलाई पक्राउ गरी अपराध महाशाखामा पठाएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । अहिले ती हेडमास्टरलाई काठमाडौं अपराध महाशाखामा ल्याईएको छ ।

सरकारी विद्यालयका हेडमास्टर चौलागाइले सरकारी नुन खाएर राज्यकै सम्माननीय व्यक्तीको बारे अतिरन्जीत गरी लेखेको भन्दै धेरैले उनको आलोचना पनि गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्