जिल्लामै सर्वाधिक राशिको भलिबल पुरस्कार 'टिम सुजल'को हातमा

सुर्योदय बचत तथा ऋण सहकारी संस्था दोस्रो, सानोभेरी गाउँपालिकाको टिम र रोयल राजा जाजरकोट सान्त्वना
२०७९ कात्तिक २०
  • सत्य बटाला
रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ मा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
 
बुधवार देखि सुरु भएको प्रतियोगिता आज आइतबार सम्पन्न भएको हो । चौतारा मेलामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता टिम सुजल प्रथम भएको छ ।
 
सहभागी भएका १४ टिमलाई पछि पार्दै टिम सुजल प्रथम बनेको हो । यस्तै सुर्यदय बचत तथा ऋण सहकारी संस्था आठविसकोटले दोस्रो स्थान हासिल गरेको छ भने सानोभेरी गाउँपालिकाको टिम र रोयल राजा जाजरकोटले सान्त्वना स्थान हासिल गरेका छन ।
 
पुरुष भलिवल प्रतियोगिताको प्रथम ,दोस्रो र सान्तवना हुनेले क्रमश दुइ लाख २० हजार, एक लाख ५० हजार र सान्तवना दुइ टिमले एक एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । लोक दोहोरी र पुरुस्कार वितरण भोलि गरिने आयोजकले जनाएको छ ।
 
 
 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्