Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वतन्त्र उम्मेदवार रावललाई अर्का उम्मेदवारको समर्थन

२०७९ कात्तिक २०
tribeni2

रुकुम पुर्व / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत रुकुम पूर्वबाट उम्मेद्वारी दिएका एक स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेदवालाई समर्थन गरेका छन् ।

प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेद्वार हुनुभएका केशव रावललाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेद्वार पूर्णजंग सिंहले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको छ ।

केशव रावल नेकपा माओवादी केन्द्रबाट विद्रोह गरि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको थियो । रावलसँग आफ्ना एजेण्डाहरु मिलेको बताउदै अर्का उम्मेद्वार सिंहले समग्र रुकुम पूर्वको हित र विकासको लागि रावललाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

उहाँहरुले प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर २ बाट केशव रावललाई जिताउन रुक्मेली नागरिसमक्ष अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्