Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बनगाड कुपिण्डेमा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

२०७९ कात्तिक २१
tribeni2

सल्यान / सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बाम लोकतान्त्रीक गठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

आइतबार उक्त भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका उप महासचिव तथा गठबन्धनका सल्यान प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सल्यानमा सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनुभएको छ । आफुले जितेपछी जिल्लाको समग्र बिकासमा समर्पित हुने उहाँको भनाइ थियो ।

ज्वालाले उक्त संयुक्त भेलामा आफ्नो भनाइ राख्दै संघीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न र स्थायित्व,संविधान रक्षा र दिगो विकाससँगै शुशासनका निम्ति गठबन्धन अपरिहार्य रहेको संविधानको रक्षा गर्न गठबन्दन्का साझा उम्मेदवारलाई बिजय बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाले भन्नू भयो आफुहरुले जितिसकेको र अब घोषण हुनमात्र बाकी रहेको समेत बताउनु भएको छ । विकास निर्माणका थुप्रै योजना अगाडि बढाएको समेत बताउनु भएको छ ।

गठबन्धन जितेमा विकास पनि गठबन्धन सल्लाह अनुसारनै गर्ने समेत बताउनु भएको छ । गठबन्धनको मतले नै आवश्यक पर्ने भएकोले पछि सबैलाई सहयोग गरेर लिने समेत ज्वालाले बताउनु भएको छ ।

गठबन्धनको उक्त भेलामा प्रदेश सभा ‘क’ उम्मेदवार तथा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले यस पटक मतदाताहरूले गठबन्धनका साझा उम्मेदवारको पक्षमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै जिल्लाको पश्चिम् बनगाडका नागरिकका समस्या सम्बोधन गर्न आफू चुनाव जितेपछि पनि जनताकै पक्षमा काम गर्ने बताउनु भयो ।

गठबन्धनका साझा उम्मेदवार शर्माले यस क्षेत्रमा रहेको बिधुत, खानेपानी लगाएतका समस्यालाई तीन वटै तहका सरकार लागेर समस्या समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनु भयो । तीन तहको सरकारलेको सल्लाह अनुसार काम गर्ने आफू गठबन्धनको साझा उम्मेदवार भएकोले चुनाब जितिसके पनि आवस्यकता अनुरुप साझा रुपमा जिल्लाको बिकाशमा लागि पर्ने बताउनु भयो ।

गठबन्धनको बनगाड कुपिण्डे नगरपालिकाको अगुवा कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला निर्बाचन परिचालन समितीका सयोजक टेकबहादुर बस्नेत, सल्यान बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एसका नेता प्रकाश ज्वाला, प्रदेशसभा क का उमेदवार तथा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा,निर्वाचन परिचालन सह संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति केशवहादुर विष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला सयोजक तथा निर्वाचन परिचालन सह संयोजक कृतिवहादुर पुन ‘प्रकाण्ड’, नेकपा एसका जिल्ला अध्यक्ष तथा निर्वाचन सह संयोजक हरि केसि, लगाएतका नेताहरुले गठबन्धन जिताउनु पर्नेमा जोड दिएका छन भने अन्य नेताहरूको पनि उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्