Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरद्वारा उद्धार

२०७९ कार्तिक २१
tribeni2

रुकुम पूर्व/रुकुम पूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ की ३४ वर्षिया सावित्री गुरुङको सुत्केरी पछि स्वास्थ्य अवस्था बिग्रिएकाले हेलिकप्टरबाट उद्धार गरि सुर्खेत पठाइएको छ ।

गए राति गुरुङले रुकुम पूर्व अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी पछि  नवजात शिशुको श्वासप्रश्वास र आमाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

आमा र बच्चा दुवैलाई थप समस्या आउन नदिन जिल्ला बाहिर पठाइएको अस्पतालका डाक्टर नारायण बरालले बताउनु भयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनोको एन.ए ०५५ नम्बरको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको हो । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको पहल र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको समन्वयमा सुत्केरी गुरुङ र नवजात शिशुको उपचारका लागि उद्वार गरिएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्