Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पिर्काले हानेर छोराले गरे आफ्नै बाबुको हत्या

२०७९ कार्तिक २१
tribeni2

रोल्पा  / राेल्पामा एक युवकले पिर्काले हानेर बुबाको हत्या गरेका छन् । त्रिबेणी गाउँपालिका ४ का २३ बर्षिय छोरा सन्दिप घर्तिले घरायसी विवादका कारण पिर्काले हानेर बुबाको हत्या गरेका छन् ।

आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका बाबुछोराबिच घरायसी कुरामा विवाद भएपछि सन्दिपले बाबु मानसिंङ घर्तिलाई पिर्काले हानेका थिए । काठको पिर्काले टाउकोमा प्रहार गर्दा मानसिंहको घटनास्थलमै ज्यान गएकाे थियाे । 

सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्