Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज डिग्रे मेलाको अन्तिम दिन

२०७९ कात्तिक २२
tribeni2

रुकुम पश्चिम / हरेक वर्ष हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने रुकुम पश्चिमको डिग्रे मेला आज सकिदै छ ।

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा रहेको डिग्रे शाईकुमारीको मन्दिरमा ५ दिन चल्ने मेला अन्तरगत एकादशी देखि चतुर्दशीका दिनसम्म पुजापाठ, मन्दिरको दर्शन सहित बोकाको बलि दिईन्छ । भने मेलाको अन्तिम दिन अर्थात पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ ।

आज मन्दिर परिषरमा मेला लागेसंगै मेला सकिने मन्दिर व्यवस्थापन समितीले जानकारी दिएको हो । मन्दिरमा हजारौं मानिसहरु पुजापाठ, दर्शन सहित मेलामा आउने गरेका छन ।

मेलामा रुकुम पश्चिम सहित बाह्य जिल्लाहरु रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, दाङ, रोल्पा, बाँके सहित विभिन्न ठाउँबाट मानिसहरु आएर पुजापाठ गर्ने गरेको बताइएको छ ।

डिग्रे शाइकुमारीको मन्दिरमा वर्षैभरी पुजापाठ तथा बलि दिन मिल्छ । तर एकादशी देखि पूर्णिमासम्मको ५ दिनलाई भने विशेष महत्वका साथ लिने गरिन्छ । मन्दिरमा पुजापाठ, दर्शन र बलि दिनाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्