Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कालीकोटको तिलागुफामा जीप दुर्घटना, तीन जनाको मृत्यु

२०७९ कात्तिक २२
tribeni2

सुर्खेत / मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको महेन्द्रा जीप मंगलबार तिलागुफा ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) जयश्वर रिमालले बताउनुभयो ।

मृत्यु हुनेमा ठेगाना नखुलेका २१ बर्षिय का अकल बि क, २५ बर्षिय सुदर्शन सेजुवाल र २१ बर्षिय रमेश बुढा रहेका छन् । 

प्रहरीका अनुसार अन्य ७ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्