Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको प्रसिद्ध डिग्रे मेलामा दर्शनार्थीको घुँइचो

२०७९ कात्तिक २२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन आज मंगलबार मुसिकोट ५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा मेला लागेको छ । मेलामा हजारौ दर्शनार्थीको भिड रहेको छ । हरिवोधनी एकादशी देखि सुरु भएको यो मेला कार्तिक पूर्णिमासम्म लाग्ने गर्दछ ।

मेलामा बिभिन्न नाचहरुका साथै सगाल नाच समेत प्रस्तुत भएको छ ।

मेलाको अवसरमा एकादशी देखि पूर्णिमासम्म डिग्रे मन्दिरमा विशेष पुजाआजा तथा बलि चढाइन्छ । एकादशी र पूर्णिमा दिनमा भने बलि बाहेक पुजाआजा मात्र हुन्छ । यो मन्दिरमा पुजाआजा, दर्शन र बलि दिनाले मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्