Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पमा परि डोटीका ६ जनाको मृत्यु , पाँच घाईते

२०७९ कार्तिक २३
tribeni2

डोटी/ राति २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण घर भत्किदा डोटीमा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । भूकम्पकका कारण डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको र पाँच जना घाईते भएका छन् । 

भूकम्पका कारण मृत्यु हुनेहरुमा पूर्वीचौकी गाउँपालिका ३ की  ४० वर्षीया भगवतीदेवि बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहरा सोही ठाउँका उमेर नखुलेका प्रेम बोहरा, तुलसी बोहरा, धनसरी बोहरा भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले जानकारी गराउनु भएको छ ।

यस्तै घाइते हुनेहरुमा सोहि गाउँकै ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भूकम्पका कारण वेपत्ता भएका २ जनाको भने सकुुसल उद्धार गरीएको छ ।

गए राती डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पबाट पूर्वीचौकी गाउँपालिका ३ का अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्