Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्युठानमा मेलाबाट फर्कदै गरेको जिप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

२०७९ कात्तिक २३
tribeni2

प्युठान / पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लु १ ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैमा घर्ती, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । ६ जनाको जिल्ला अस्पताल उपचार भई रहेको र बाँकी छ जनालाई बुटवल पठाइएको छ ।

गाडी चालक सम्पर्कमा आएका छैनन् । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्तिहरू दुर्घटनामा परेको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्