Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सनराईज बैंकद्वारा स्वास्थ्य बिमा रकम उपलब्ध

२०७९ कात्तिक २३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा रहेको सनराईज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा रकम उपलब्ध गराएको छ ।

सानीभेरी गाउँपालिका ८ निवासी लालबिर ओलीलाई स्वास्थ्य बिमा रकम उपलब्ध गराएको बैंकले जनाएको छ । नाकको अप्रेसन गराउनुभएका ओलीलाई सन् राइज स्वास्थ्य योजना अन्तर्गत स्वास्थ्य बिमा रकम उपलब्ध गराएको हो ।

बैंकमा गरिरहेको कारोबारको आधारमा उहाँलाई बिमा रकम उपलब्ध गराएको बैंकका अपरेसन इन्चार्ज हेमन्त रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बिमा योजना अन्तर्गत बढिमा १ लाख सम्मको बिमा प्राप्त गर्ने प्रावधान रहेको छ । जस अनुसार बिरामी ओलीलाई ४३ हजार २३० रुपैंया बैंक खातामा उपलब्ध गराएको रोकाले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्