Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकारी सेवा सुविधा नलिएर जनताको सेवा गर्न चाहान्छु : धनबहादुर केसि

२०७९ कात्तिक २४
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वबाट लुम्बिनी प्रदेश सभा सदस्यको लागि गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका धनबहादुर केसिले चुनाव जिते सरकारबाट पाउने सेवासुविधा नलिएर काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा भएको गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै उहाँले आफुले चुनाव जितेमा सरकारी सेवा सुविधा नलिएर नै पाँच वर्ष जनताको सेवा गर्ने प्रतिबद्धता गर्नुेभएको हो । उहाले भन्नुभयो, चुनाव जितेर गए भने जनताको हलि भएर काम गर्छु । तर त्यसको लागि तपाइहरुले अमुल्य भोट दिएर जिताउनुपर्छ ।

चुनाव जितेको खण्डमा जनताको विश्वासलाई एक रत्ती पनि टुट्न नदिने र रुकुम पुर्वको विकासलाई जोड दिदै वैदेशिक रोजगारलाइ निरुत्साहित गर्ने समेत समेत उल्लेख गर्नुभयो ।

यस्तै उहाँले कार्यक्रममा मतदाताहरुलाई अलमलमा नपरेर गठबन्धनको पक्षमा भोट हाल्न समेत आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्