चुनावी सभासँगै घरदैलोमै व्यस्त महेन्द्र केसी

२०७९ कात्तिक २४

रुकुम पश्चिम / रुकुम पश्चिममा चुनावी चाप बढेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले चुनावी सभा र घरदैलो अभियानलाई तीव्रता दिएका छन ।

जिल्लामा गठवन्धनको तर्फबाट माओवादी केन्द्रका कर्णाली प्रदेश सभा क का उम्मेदवार महेन्द्र केसीले चुनावी सभासँगै घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।

बुधबार बाम लोकतान्त्रिक गठबन्धनको पाँचौ चुनावी सभालाई छिन्खेतमा सम्बोधन गर्दै उहाँले जिल्लाका समग्र गणस्तरिय विकासमा जोड दिनको लागी गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । समाजमा भएको असमानतालाई अन्त्य गर्नको लागी आफुलाई जिताउन उहाँले आग्रह गर्नुभयो । 

सम्बोधनकै क्रममा आफुले एक चरणमा आफ्नो निर्वाचन क्षेत्रको सवै ठाउँमा मतदाता घेटघाट तथा घरदैलो अभियान कार्यक्रमलाई सकेको पनि उहाँले उल्लेख गर्नुभयो ।

मतदाता घेटघाटबाट आफु उत्साहि भएको पनि उहाँले उल्लेख गर्नुभयो । केन्द्रिय सत्ता गठबन्धनको मर्म अनुसार माओवादी बाहेक अरु गठबन्धन दलका मतदाताहरु हसियाहथौडामा मत हाल्न नहिच्किचाउन समेत उहाँले आग्रह गर्नुभयो ।

यतिबेला निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि आआफ्नै शैलीमा दल र उम्मेदवारहरु भोट माग्नमा समय खर्चिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्