Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा ट्याक्टर पल्टिदा ८ जना घाइते, ४ जनाको अवस्था गम्भिर

२०७९ कात्तिक २४
tribeni2

सल्यान / सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन ।

बिहिबार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० रजेखोला स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर पल्टिएको हो । बनगाड कुपिण्डेबाट बालुवा लोड गरी १० थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सडकदेखी करिव ५० मिटर तल खसेका छ ।

दुर्घटनामा परेर बनगाड कुपिण्डे नगरपालिका १० का तिलक बुढा, भुपाल बुढा, गोपाल पुन, सुमन पुन, जिमबहादुर बुढा, कुलविर पुन, झुपलाल घर्ति, नन्दलाल घर्ति घाइते हुनुभएको छ । घाइते मध्य तिलक, भुपाल, गोपाल र सुमन अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेका भिमबहादुर बुढा भने सकुशल रहनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्