Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्तरगंगा नदिमा होम पाईप हालेर यातायात सुचारु गरिदै

२०७९ कात्तिक २४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १० र ११ मा पर्ने उत्तरगंगा नदिमा होम पाईप राख्ने काम सुरु गरिएको छ । नदिमा पुल नहुँदा वर्षालागे सँगै उक्त क्षेत्रमा यातायात सेवा बन्द अवस्थामा रहेको छ ।

नदिमा पानीको बहाव बढेपछि सहिद मार्ग अन्तर्गत पर्ने गाउँपालिकाको वडा नम्वर ११ सेरा र गाउँपालिका जाने वडा नम्वर १० को सिमानामा यातायातका साधन रोकिने गरेका छन् ।

गाउँपालिकाको केन्द्रसम्म आउने सर्वसाधारणहरुले पाएको सास्तीलाई मध्यनजर गर्दै उक्त नदिमा होम पाइप राख्ने र यातायात सुरु गर्ने कोशिस गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम रुकुमकोट र पालिकाको केन्द्र तकमा आउने यातायातका साधनहरु उत्तरगंगा किनारमा ठप्प भएपछि सर्वसाधारणले सास्ती पाउने गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । नदिमा पुल नहुँदा जिल्ला सदरमुकामबाट ११ नम्वर स्थित सेरा सम्म मात्र गाडिहरु जाने गरेका छन् ।

लामो समयसम्म अवरुद्ध रहेको यातायात सेवा सुचारु गर्नको लागि गाउँपालिकाको पहलमा नदिमा होम पाइप हाल्ने काम सुरु भएको हो । गाउँपालिका उपाध्यक्ष बुढाले होम पाईप व्यवस्थापनको काम पुरा भएमा यातायात सेवा चाँडै नै सुचारु हुने र पालिकावासीलाई थप सहज हुने जनाउनुभयो ।

उत्तरगंगा नदिमा पक्की पुल निर्माणको लागि गाउँपालिका लागिपरेको समेत उहाँले जानकारी दिनुभयो ।

उत्तरगंगा बढेपछि यातायात बन्द, पुल नहुँदा सर्वसाधारणलाई सधै सास्ती

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्