Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिग्रे मेलाबाट १४ लाख ७१ हजार रकम आम्दानी

२०७९ कात्तिक २४
tribeni2

रुकुम पश्चिम / रुकुुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ७१ हजार ४५० रुपैया संकलन भएको छ ।

हरिवोद्धनी एकादशी देखि पुर्णिमा सम्म गरेर पाँच दिन लागेको मेलामा आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, बलि चढाएको बोकाको टाउको मूल्य, होटल सञ्चालन र पिङ सञ्चालन वाफत मन्दिर व्यवस्थापन समितिले उक्त रकम संकलन गरेको हो । मेला कात्तिक १८ गतेबाट २२ गते सम्म लागेको थियो ।

मेलाको तीन दिनमा बलि चढाईएका एक हजार ६१ बोकाको टाउको बिक्रिबाट ६ लाख ६४ हजार ७८०, होटल स्टल बिक्रिबाट एक लाख ४१ हजार दुई सय, पिङ सञ्चालनबाट २७ हजार रुपैंया संकलन भएको समितिले जनाएको छ । त्यसैगरी मन्दिरमा पुजापाठ गर्न आएका दर्शनार्थीहरुले मन्दिरमा चढाएको भेटीबाट ६ लाख ३५ हजार ९७० रुपैँया संकलन भएको छ ।

यसरी संकलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च हुने गरेको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्